मन्त्री परिषद बैठक जारी, पुनर्गठन होला त मन्त्री मण्डल ?

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद बैठक केही बेर अघि सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि हिजो साँझ आकस्मिक रुपमा बैठक बोलाएका हुन् ।

मन्त्रीपरिषद बैठक अघि पार्टी अध्यक्ष समेत रहेका ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । मन्त्री मण्डल हेरफेर लगायत विविध विषयम ओली र प्रचण्डबीच छलफल भएको स्रोतले बताएको छ ।

jutta mela

सामान्यतया सोमबार र बिहीबार बस्ने मन्त्रीपरिषद बैठक आइतबार नै ओलीले बोलाएका हुन् ।

मन्त्री मण्डल पुनर्गठन लगायतका विषयमा बैठकमा छलफल हुने अनुमान गरिएको छ ।

You might also like

Comments are closed.