बतास अर्गनाइजेसनका पराजुलीलाई ‘एच.आर. भिजिनरी अफ दि इयर’ अवार्ड

काठमाडौं । बतास अर्गनाइजेसनका कार्यकारी निर्देशक प्रमेश पराजुली ‘एच.आर. भिजिनरी अफ दि इयर’ अवार्डका लागि छनोट भएका छन् ।

शनिबार सम्पन्न ‘छैटौं अन्तर्राष्ट्रिय एच.आर. समिट–२०२०’ का अवसरमा पराजुली उक्त अवार्डका लागि छनोट भएका हुन् ।

जेके ग्रुप भारतद्वारा सञ्चालित डा. गौरहरि सिंघानिया इन्स्टिच्युट अफ मेनेजमेन्ट एण्ड रिसर्च भारत र नेपालको नोभेल एकेडेमीको संयुक्त आयोजनामा समिट भएको हो । कोरोना जोखिमका कारण यस पटकको समिट भर्चुअल माध्यमबाट सम्पन्न भयो ।

अवार्डका लागि पराजुलीसहित नेपालबाट ४ जना छनोट भएका छन् । संस्थागततर्फ अवार्डका लागि डिस होम छनोट भएको छ ।

You might also like

Comments are closed.