लक्षण नदेखिएका विद्यार्थीको पिसिआर परीक्षण गर्नुपर्दैन : डा.जागेश्वर गौतम

काठमाडौं ।
परीक्षामा सहभागी हुने विद्यार्थीले पिसिआर परीक्षण गर्नु नपर्ने भएको छ ।

प्राइभेट मेडिकल कलेजले विद्यार्थीलाई पिसिआर परीक्षण गरेर परीक्षामा सहभागी हुनुपर्ने भन्ने निर्णय गरेकोमा सो निर्णयलाई वैज्ञानिक आधारले पुष्टी नगर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

कुनै पनि लक्षण नदेखिएका विद्यार्थीको  पिसिआर नगर्न नगराउन पनि स्वास्थ्य मन्त्रालयले मेडकिल कलेजलाई आग्रह गरेको छ ।

नेपाल सरकारले तोकेका मापदण्ड भन्दा बाहिरका व्यक्तीको  पिसिआर परिक्षण गर्नु अवैधानिक भएकोले परिक्षण नगर्न र नगराउन पनि मन्त्रालयले मेडिकल कलेजलाई सुचित गरेको छ ।

You might also like

Comments are closed.