रात्री सेवा सुचारु गर्दै शुभ जगदम्बा

काठमाडौं । शुभ जगदम्बा टुर्स एण्ड ट्राभल्सले रात्री सेवा पुनः सुचारु गर्ने भएको छ ।

कोरोना महामारीका कारण बन्द रहेको सेवा असोज १४ गते बुधबारबाट सञ्चालन गरिने सञ्चालक दामु अधिकारीले आर्थिक आवाजलाई जानकारी दिए ।

स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी सेवा सञ्चालन गरिने अधिकारीले बताए । शुभ जगदम्बा ट्राभल्सले देशका विभिन्न शहरलाई यातायातका माध्यमबाट जोडेको छ । ‘पोखराबाट देशका विभिन्न स्थानमा जान चाहने यात्रुका लागि यातायात सहज सुविधा प्रदान गरिरहेका छौं,’ अधिकारीले भने ।

यात्रुको माग अनुसार समय सापेक्ष रुपमा सुविधा सम्पन्न तथा डिलक्स बसहरु सञ्चालन गरिरहेको अधिकारीले बताए ।

You might also like

Comments are closed.