सस्तो ब्याजदरमा ऋण लगानी गर्दै कोन सहकारी

पोखरा ।  पोखरा १३ मा रहेको कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले सस्तो ब्याजदरमा विभिन्न  ऋण योजना ल्याएको छ । ऋणको १ बर्ष सम्म ब्याजदर परिवर्तन नहुने र सदस्यले आवस्यकता अनुशार ऋण लिन सक्ने
सहकारीका बरिष्ठ प्रवन्धक अपिल कोइरालाले जानकारी दिए ।

सहकारीले ३ बर्ष अवधीको लागि धन जमानत कर्जा ल्याएको छ । ९.९५ प्रतिशत ब्याजदरमा कम्तिमा १३ लाख रुपैयाँ सहकारीबाट धन जमानत ऋण  लिन पाईनेछ ।ऋणलाई मासिक किस्ता मार्फत भुक्तानी गर्नुपर्नेछ भने सेवाशुलक ०.५ प्रतिशत रहेको छ ।

कोभिड १९ को महामारीबाट प्रभावित सदस्यको लागि कोभिड १९ सुरक्षण ऋणको पनि सहकारीले व्यवस्था गरेको छ । यसको समयावधी पनि ३ बर्षको रहनेछ भने ग्रेस समय ६ महिना सम्म रहनेछ । यसको ब्याजदर ९.९५ प्रतिशत रहनेछ भने १ बर्ष सम्म ब्याजदर परिवर्तन हुने छैन । यसको लागि भने बाँकी लगानीमा रहेको ऋणको १५ प्रतिशत नबढ्ने गरी छुट्याईएको छ ।


सहकारीले सापटी ऋणको पनि व्यवस्था गरेको छ । यस अन्र्तगत ऋणको सिमा ३ लाख रुपैयाँ सम्म रहनेछ । समयावधी पुस मसान्त सम्म रहेको छ भने सेवा शुल्क लाग्नेछैन । ऋण भुक्तानी भने एकमुष्ट गर्नुपर्नेछ ।

सहकारीमा आवद्ध सदस्यको लागि जुनसुकै शिर्षकमा पनि सहकारीले ऋण लगानी गर्नेछ । घर, व्यापार, जग्गा, गाडी लगायको लागि ब्याजदर ११ देखी १३.७५  प्रतिशत ब्याजदरमा सहकारीले ऋण लगानी गर्नेछ ।

You might also like

Comments are closed.