‘पहाडकी रानी’ बन्दिपुरमा यस्तो बन्दैछ ‘सिसाको भ्युटावर’, दसैं अगाडि नै टेण्डर (भिडियोसहित)

लगानी ३ करोड, निर्माण सुरु भएको ६ महिनाभित्र टावर बन्ने

काठमाडौं । पहाडकी रानी भनेर चिनिने पर्यटकीय केन्द्र बन्दिपुरमा एकपछि अर्को पर्यटकीय प्रडक्ट थपिने क्रम जारी छ । पर्यटकको आकर्षक गन्तव्य बनेको बन्दिपुरमा पुनः नयाँशैलीको प्रडक्ट थपिन लागेको छ ।

बन्दिपुर गाउँपालिकाले बनाउने ‘सिसाको भ्यु टावर’को डिपिआर सकिएको छ । भ्यु टावर निर्माणका लागि दसैं अगाडि नै टेण्डर आह्वानको तयारी भएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले आर्थिक आवाजलाई जानकारी दिए । ‘टेण्डर भएको २ महिनाभित्रै निर्माणको काम सुरु हुन्छ,’ थापाले भने, ‘काम सुरु भएको ६ महिनाभित्रै निर्माणको काम सकिनेछ ।’

दृश्यावलोकनका लागि पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले गाउँपालिकाले सिसाको भ्यु टावर बनाउन लागेको थापाले बताए । भ्यु टावर बन्दिपुरस्थित टुँडिखेलमा हुनेछ । ३ करोड रुपैयाँ लागतमा टावर बनाउने लक्ष्य गाउँपालिकाको छ । एक पटकमा १५ जनाले अवलोकन गर्न मिल्ने गरी भ्यु टावर बनाउन लागिएको हो ।

‘दृश्यावलोकनका लागि दुरबिनको समेत व्यवस्था हुनेछ,’ थापाले भने । टुँडिखेलबाट भिरालो जग्गातिर सिसाको टावर खडा गरिनेछ । भिरतिर १३ मिटर बाहिरसम्म टावर पुग्नेछ । राजधानी काठमाडौंबाट १ सय ४२ किलोमिटर र पोखराबाट ७४ किलोमिटर दुरीमा रहेको बन्दिपुर दृश्यावलोकनका लागि आकर्षक गन्तव्य बनेको छ । पर्यटकीय सिजनमा यहाँ आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्छ ।

‘पहाडकी रानी’ बन्दिपुरमा यस्तो बन्दैछ ‘सिसाको भ्युटावर’

लगानी ३ करोड, निर्माण सुरु भएको ६ महिनामा टावर बन्ने

Gepostet von Arthik Awaj am Donnerstag, 1. Oktober 2020

lcci
You might also like

Comments are closed.