बिहीबार पनि घट्यो सुनको मूल्य

काठमाडौं । पछिल्लो समय सुनचाँदीको मूल्य घट्ने बढ्ने क्रम चलिरहेको छ । बिहिबार सुनको मूल्य घटेको छ ।
बुधबारको तुलनामा बिहीबार सुनको मूल्य २ सय रुपैयाँले घटेकोे हो ।

बुधबार प्रतितोला ९४ हजार १ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य बिहीबार ९३ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य २ सय रुपैयाँ नै घटेको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ छ ।

बिहिबार चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँ बढेको छ । बिहिबार चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८० रुपैयाँ कायम भएको छ ।

You might also like

Comments are closed.