पोखरेली युवा व्यवसायी पर्यटन प्रवद्र्धनका लागि सौराहामा

पोखरा । पोखराका युवा व्यवसायी पर्यटन प्रवद्र्धन गर्न सौराहा पुगेका छन् । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण थिलथिलो भएको पर्यटन ब्यबसायलाई पुर्नजागरण गर्ने सन्देश दिन पोखराका स्थापित युवा व्यवसायी साईकल ¥याली गर्दै सौराहा पुगेका हुन् ।

विहान ७ बजे प्रस्थान गरेको टोली अपराह्न सौराहा पुगेको साईकल ¥यालीका संयोजक सोभितमान बुद्धाचार्यले जानकारी दिए । विहीबार अपराह्न पुगेको टोली शुक्रबार सौराहामै बस्ने र शनिबार मात्र फर्किने उनले बताए ।

हाम्रो उद्धेश्य भनेको थलिएको पर्यटनलाई पुर्नजागृत गराऔं भन्ने सन्देश दिनु हो, उनले भने,‘थिलथिलिएको पर्यटनलाई अब चलायमान गराउनुपर्छ र त्यसका लागि हामी तयार छौं भन्ने सन्देश दिनुपनि हो ।’ उनले पोखरासहित पर्यटकीय क्षेत्रहरु सुरक्षित छ है भनेर सन्देश दिनुपनि आफूहरुको भ्रमणको उद्धेश्य रहेको उनले प्रष्ट्याए । अबपनि हामी चुप लागेर बस्यौं भने पर्यटन रिभाइव गर्न मुश्किल हुन्छ, त्यसैले यसको शुरुवात गर्नुपर्छ भनेर हामीले अगुवाई गरेका हौं ।’

पर्यटन प्रवद्र्धनका लागि निस्केका युवाहरुले जसले जहाँबाट सक्छ त्यहिंबाट अब पर्यटन प्रवद्र्धनसहित अर्थतन्त्र चलायमान बनाउने वातावरण सिर्जना गर्न आग्रह गरे  ।

¥यालीमा युवा ब्यबसायी सोभितमान बुद्धाचार्यसहित युवा उद्यमी मञ्च (एनवाईएफ) पोखराका अध्यक्ष पुनित वैद्य, युवा ब्यबसायीहरु साझेन्द्रसिंह हमाल, स्वप्नील वैद्य, अरुण गुरुङ, कुशल पालिखे, सुसीन लामा, रेक्स मल्ल, बिराज केसी र बरदान ताङ्वे लामासहित १० जना छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.