काठमाडौं । कोरोना परीक्षणको लािग स्वाव दिएपछि बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । रिपोर्ट नआउँदासम्म क्वारेन्टाईनमा बस्न मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आग्रह गरेका छन् ।
रिपोर्ट पोजेटिभ आएमा यो विचको समयमा पनि अन्यलाई संक्रमण सर्नसक्ने हुदाँ सचेत रहन उनले आग्रह गरे ।
रिपोर्ट पोजेटिभ आएपछि पनि आइसोलेसनमा नवसेर बाहिर निस्कने गरेकाले पनि संक्रमणको जोखिम बढेको उनले बताए ।पोजेटिभ आएपछि अनिवार्य आइसोलेसनमा बस्ने उनले आग्रह गरेका छन् ।
अटेर गरेमा संक्रामक रोग ऐन अनुशारको कारवाही गर्ने पनि मन्त्रालयले जनाएको छ । गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई पनि यसवारे जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ ।
Comments are closed.