सामाजिक उत्तरदायित्व बहन गर्दै सनराइज बैंक, बालमन्दिरलाई नगद सहयोग

काठमाडौं । नेपाल बाल संगठन अन्तर्गत सञ्चालित बाल मन्दिर नक्साल काठमाडौंलाई सनराइज बैंकले नगद सहयोग गरेको छ । बैंकले १३औं वार्षिकोत्सवको अवसरमा बाल मन्दिरलाई शुक्रबार १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बालमन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई चेक हस्तान्तरण गरे । सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बाल मन्दिरलाई सहयोग गरिएको प्रमुख कार्यकारी अधिकृत पौड्यालले बताए ।

बैंकको मुख्य कार्यालय गैरीधारामा एक कार्यक्रमबीच सहयोग हस्तान्तरण गरिएको हो । बालमन्दिरलाई अत्यावश्यक बस्तु किन्न सहयोग पुर्याउने उद्देश्यले नगद सहयोग गरिएको बैंकले जनाएको छ ।

बैंक असोज २५ गते स्थापनाको १३ वर्ष पुरा गरी १४औं वर्षमा प्रवेश गर्दैछ ।

lcci
You might also like

Comments are closed.