कियाका ग्राहकलाई एनएमबि बैंकबाट २४ घण्टाभित्रै अटो लोन

काठमाडौं । किया ब्राण्डका गाडी खरिद गर्ने ग्राहकलाई एनएमबि बैंकले २४ घन्टाभित्रै अटो लोन प्रदान गर्ने भएको छ । एनएमबि बैंक लिमिटेड र नेपालमा किया अटोमोबाइलको एक मात्र वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजिङबीच यस सम्बन्धी सम्झौता भएको छ ।

किया अटोमोबाइलको प्राथमिक फाइनान्सिङको रुपमा सहज कार्यान्वयनको लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र कन्टिनेन्टल ट्रेडिंग एन्टरप्राइजेज प्रा. लि.का तर्फबाट निर्देशक आशिष पौड्यालले हस्ताक्षर गरे ।

कन्टिनेन्टल ट्रेडिङ एन्टरप्राइजेज प्रा.लि. द्वारा रेफर गरिएका ग्राहकलाई एनएमबी अटो लोन सर्वसुलभ ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गरिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

किआ मोटर्स दक्षिण कोरियाबाट आयातित उत्कृष्ट ब्राण्ड हो । एक दशक भन्दा बढी समयदेखि आफ्नो ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको प्रा.लि.सँगको सहकार्यले किया चढ्न चाहने ग्राहकलाई सहज वित्तीय सुविधा प्रदान गर्न बैंकले सहयोग गर्नेछ ।

You might also like

Comments are closed.