काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा २ हजार ७१ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा१२ हजार ४ सय २७ पिसिआर परीक्षण गरिएको छ भने हाल सम्म ११ लाख ७६ हजार ९ सय ८४ परीक्षण गरिएको छ ।
सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५२ संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ७५ हजार ८ सय ४ संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Comments are closed.