चाडपर्वमा सानिमा बैंकको अफरः ‘बिग डिल एट सस्तो डिल’

काठमाडौं । सानिमा बैंकका ग्राहकले अनलाइन सपिङमा विशेष छुट पाउने भएका छन् । नेपालीहरुको महान चाड दसैंको अवसरमा बैंकले छुट योजना ल्याएको हो । बैंकले ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको छ ।

अनलाइन सपिङ पोर्टल सस्तो डिलसँगको सहकार्यमा यो योजना ल्याइएको बैंकले जनाएको छ । बैंकको मोबाइल बैंकिङ एप, सानिमा सजिलो इ–बैंकिङ प्रयोगकर्ताले क्यु आर कोड स्क्यानमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम २ हजार ५ रुपैयाँसम्म नगद फिर्ता पाउने बैंकले जनाएको छ ।

योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘फस्र्ट कम फस्र्ट सर्भ’ को आधारमा छुट प्रदान हुनेछ । यो योजना असोज २७ देखि कात्तिक १ गतेसम्म लागुहुनेछ ।

सानिमा बैंकले देशभर ८३ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा एटिएमबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.