काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ सेवाको विस्तार गरेको छ । बाग्लुङको दमेक र डोटीको उच्चाकोटमा शाखारहित बैंकिङ सेवा विस्तार गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हालसम्म बैंकको शाखारहित बैंकिङ सेवा संख्या २ सय २७ पुगेको छ ।
बाग्लुङको दमेकमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिमा टेक बहादुर कामी र डोटीको उच्चाकोटमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिमा यज्ञराज पन्तलार्ई बैंकले नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ सेवा विस्तारसँगै ग्रामीण क्षेत्रका बासिन्दाले सहज रुपमा बैंकिङ सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको छ ।
Comments are closed.