पोखरा । सस्थामा आवद्ध १ हजार ५ सय १२ सेयर सदस्य मध्य करिव ९ सय भन्दा बढीको हस्ताक्षर र सुझाव संकलन गरि पोखरा २६ मा रहेको लेखनाथ बचत तथा ऋण सहकारी सस्थाले १२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
करिव एक हप्ता लगाएर सेयर सदस्यको सुझाव संकलन गरि बुधबार कार्यसमितिका पदाधिकारी, विभिन्न उप समिति र सल्लाहकारको सामुहिक भेलाले प्रतिवेदन उपर छलफल गरि परिमार्जन सहित साधारण सभा सम्पन्न गरेको हो ।
भेलाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले सहकारीका संचालकहरु स्थानिय भएकाले विश्वासको आधारमा सहकारीहरु संचालन भएको धारणा राख्दै सेयर सदस्यको लगानीलाई सुरक्षित गर्न सहकारीहरुले उत्पादनसिल क्षेत्रमा लगानी बढाउनु पर्ने सुझाव दिए।
सो अवसरमा संस्थाका सल्लाहकार नारायणदत्त वस्ताकोटीले सरकारले ल्याएको सहकारी ऐन अनुसार एक ब्यक्ति एक सहकारीको नियमलाई पालना गराउनु पर्ने विचार राखेका थिए भने वडा नं २६ का वडासदस्य रामकृष्ण जिसीले सहकारीले गरिव समुदायसम्म आफ्नो पहूँच पु¥याउन नसकेको बताए ।
सस्थाका अध्यक्ष खडानन्द लामिछानेले भावी योजना प्रस्तुत गरेको कार्यक्रममा सचिव लेखनाथ सापकोटाले प्रगती प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष किरणराज पौडेलले आर्थिक प्रतिवेदन पेश गरेको कार्यक्रममागरेका थिए । धन्यवाद ज्ञापन उपाध्यक्ष हरि बहादुर जिसीले गरेका थिए ।
Comments are closed.