विश्वमा कोरोना संक्रमित कति र कतिको मृत्यु ?

पेरिस ।  महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभरी हालसम्म ११ लाख ३ हजार ३७९ जनाको मृत्यु भएको छ ।

विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको कुल संख्या ३ करोड ९२ लाख ७ हजार ४ सय ३६ पुगेको छ । कुल सङ्क्रमित मध्ये २ करोड ९३ लाख ९७ हजार ८ सय ३५ जना सङ्क्रमणमुक्त भइसकेको तथ्याङ्क छ ।

विश्वभरी अहिलेपनि ८७ लाख छ हजार २२२ जना सङ्क्रमित अवस्थामै छन् । ती मध्ये ८६ लाख ३५ हजार ३ सय १६ जनाको अवस्था मध्यम छ भने अरु ७० हजार ९ सय ६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

सङ्क्रमितहरुको सङ्ख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, स्पेन, अर्जेन्टिना, कोलम्बिया, पेरु, मेक्सिको र फ्रान्स क्रमशः अग्र देशमा रहेका छन् ।

अमेरिकामा अहिलेसम्म ८२ लाख १६ हजार ३१५ जना सङ्क्रमित भएका छन् भने दुई लाख २२ हजार ७ सय १७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी भारतमा ७३ लाख ७० हजार ४६८ जना सङ्क्रमित हुँदा १ लाख १२ हजार १ सय ६१ जनाको मृत्यु भएको विवरण छ ।

सङ्क्रमितहरुको संख्या हेर्दा ब्राजिलमा ५१ लाख ७० हजार, रुसमा १३ लाख ६९ हजार स्पेनमा ९ लाख ७२ हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

गत डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको पुष्टि गरिएको कोरोनाभाइरस अहिले फैलिदै विश्वका २१६ देशमा पुगिसकेको छ ।

You might also like

Comments are closed.