पोखरा ।कमल सुनचाँदीको ब्राण्ड एम्वेष्डरमा अरुणा शाही नियुक्त भएकी छन् । उनी नेपाल महिला राष्ट्रिय भलिबल टिमकी क्याप्टेन हुन् ।
पोखराको न्युरोड र म्याग्दीको बेनीमा रहेको कमल सुनचाँदी दुकानका संचालक कमल विश्वकर्मा र शाहीले १ वर्षका लागि सम्झौता गरेका हुन् । सुनचाँदी सम्वन्धी प्रचारप्रसार र व्यापारिक अभियानमा सहभागी हुनेगरी सम्झौता गरिएको बताइएको छ ।
म्याग्देली चेलीको सम्मान पनि भएको र पसलका विभिन्न प्रडक्टको बजारीकरणमा समेत यसले सहयोग पुग्ने संचालक विश्वकर्माले बताए । ब्राण्ड एम्वेष्डर बन्न पाउँदा खुसी लागेको र आफ्नो क्षमता र दक्षताले भ्याएसम्म दुकानको प्रचारप्रसारमासहभागी हुने शाहीले बताईन् ।
शाहीले विभिन्न च्याम्पियनसिप र सागमा समेत उपाधी जितेर आफ्नो दक्षता प्रर्दशन गरिसकेकी छन् ।
Comments are closed.