पोखराको विकल्पमा बलेवामा प्याराग्लाइडिङ

बलेवा । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।

‘यहाँ उत्तरतर्फ हावा बहन्छ, त्यसैले प्याराग्लाईडिङका लागि यो उपयुक्त ठाउँ हो,’ प्यारा पाइलट टेकबहादुर थापाले भने , ‘प्राकृतिक दृष्य पोखराको भन्दा कम छैन, हिमालको दृष्य सुन्दर देखिन्छ ।’ सो मन्त्रालयले प्याराग्लाइडिङका लागि आवश्यक पूर्वाधार निर्माण गर्न चालू आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सराङकोटबाट भइरहेको प्याराग्लाडिङ रोकिने भएकाले विकल्पमा बलेवालगायतका ठाउँ रोजिएको महाशाखाका प्रमुख डिल्लीराम रिजालले बताए ।

jutta mela

बागलुङ नगरपालिकाको बलेवा क्षेत्रमा रहेका वडाध्यक्षलगायत सरोकारवालालाई डाकेर महाशाखाले प्याराग्लाइडिङको लागि उड्ने (टेकअप लिने) र ओर्लिने (ल्याण्डिङ) गर्ने ठाउँको विषयमा छलफल गरेको छ । ‘पोखराको विकल्पमा हामी पर्नु निकै खुशीको कुरा हो ।’ वडा नं. १० का अध्यक्ष प्रेमबहादुर थापाले भने, ‘हामी उड्ने र ओर्लिने ठाउँको विषयमा टुङ्गो लगाउँछौं ।’

प्रदेश सरकारले यसअघि परीक्षण सफल भैइसकेका बागलुङको बलेवा, पर्वतको बिहादी, लमजुङको राइनासकोट, स्याङ्जाको सोरेमैदान र कास्कीको अर्मालालाई विकल्पको रुपमा राखेर पूर्वाधार विकास गर्ने योजना बनाएको छ ।

कालीगण्डकी माथि बनेका पुलका संरचना र धार्मिक पर्यटकीय स्थलहरु यहाँका सहायक घुम्न मिल्ने ठाउँ हुने हुँदा आर्थिक हिसाबले समेत प्याराग्लाइडिङ लाभदायक बन्ने देखिएको छ । विमानस्थलको सञ्चालन, कालीगण्डकीमा ¥याफ्टिङ र नजिकैको बञ्जी विदेशी पर्यटकका लागि प्याकेज बन्ने भएकाले बलेवामा प्याराग्लाइडिङको व्यावसायिक भविश्य रहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

You might also like

Comments are closed.