थप ३१६८ कोरोना संक्रमित संक्रमणमुक्त, ५७० जनामा संक्रमण पुष्टी

 

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा ५ सय ७० जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ७ सय २५ पिसिआर परीक्षण गरिएको छ भने हाल सम्म १४ लाख ६ सय ९४ पिसिआर परीक्षण गरिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६८ संक्रमित संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय ८१ छ ।

You might also like

Comments are closed.