दसैं तिहारमा पोखरा इन्टरनेटको ‘सुपर सेभर अफर’

 

पोखरा । पोखरा इन्टरनेटले ‘सुपर सेभर अफर’ ल्याएको छ । नेपालीहरुले मनाउने महान पर्वहरु दसैं, तिहार, छठ, नेपाल संवत लगायतका पर्वलाई लक्षित गरी अफर ल्याइएको प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालाले आर्थिक आवाजलाई जानकारी दिए ।

यो अफर अन्तर्गत ग्राहकलाई इन्टरनेट जडानमा विशेष छुट प्रदान गरिएको कोइरालाले बताए । अफर अवधिभर २० एमबिपिएसको इन्टरनेट जडान गर्दा एक वर्षको वार्षिक शुल्क १५ हजार ९ सय ९९ रुपैयाँ मात्रै लाग्ने कोइरालाले जानकारी दिए ।

१५ एमबिपिएसको जडान गर्दा वार्षिक १२ हजार ९ सय ९९ रुपैयाँ शुल्क लाग्नेछ । ३ हजार ९ सय ९९ रुपैयाँमा २० एमबिपिएसको इन्टरनेट ३ महिनाका लागि जडान गर्न सकिनेछ । ‘नवीकरणमा पनि छुट प्रदान गरिएको छ,’ उनले भने, ‘यो अफरले हाम्रा ग्राहकहरु लाभान्वित हुने हामीले विश्वास लिएका छौं ।’

पोखरा इन्टरनेटले ‘स्टुडेन्ट प्लान’ पनि ल्याएको छ । कोभिडका कारण भर्चुअल माध्यमबाट पठनपाठन भइरहेको अवस्थालाई मध्यनजर गरी यो प्लान ल्याइएको पोखरा इन्टरनेटले जनाएको छ ।

इन्टरनेट सेवा प्रदायक संस्था पोखरा इन्टरनेटले पोखरा क्षेत्रमा क्लियर टिभीको बजारीकरण पनि गर्दै आइरहेको छ

You might also like

Comments are closed.