कोरोना संक्रमण बढेकोप्रति सांसद विद्याको चिन्ता, तीन तहका सरकारबीच सहकार्यको माग

 

पोखरा । कास्की क्षेत्र नं. २ बाट निर्वाचित संघीय सांसद विद्या भट्टराईले पोखरामा कोरोना संक्रमणको दर बढेको प्रति चिन्ता व्यक्त गरेकी छन् । संक्रमित बढ्दा अस्पतालमा बेड अभाव हुँदै गइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेकी हुन् ।

jutta mela

‘पोखरामा कोरोना संक्रमणदर बढिरहेको छ,’ उनले भनेकी छन्, ‘संघ, प्रदेश र स्थानीय सरकारबाट सञ्चालित अस्पतालमा बेड अभाव हुँदै गएको छ ।’

सघन उपचार कक्ष र भेन्टिलेटरको तुरुन्त व्यवस्था गर्न सकिएन भने स्थिति भयावह बन्न सक्ने अवस्थालाई तीनै तहका सरकारले मध्यनजर गर्नुपर्ने उनको माग छ । ‘तीनै तहबीच सर सल्लाह, समन्वय र सहकार्यबाट ठोस निर्णय लिई कार्यान्वयनका लागि अगाडि बढ्नुपर्ने अनिवार्यता सिर्जना भएको छ ।’ उनले भनेकी छन् ।

You might also like

Comments are closed.