पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका नौडाँडामा रहेको हिमालयन देउराली रिसोर्ट एण्ड स्पा पुनः सञ्चालनमा आएको छ । विश्वव्यापी फैलिएको कोभिड–१९ को कारण नेपालमा गरिएको लकडाउनसँगै गत चैतबाट बन्द रहेको रिसोर्ट दसैंसँगै पुनः सञ्चालनमा आएको हो । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारद्वारा जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सुरक्षा सतर्कता अपनाएर रिसोर्ट सञ्चालनमा ल्याइएको सञ्चालक विन्दा रायमाझीले जानकारी दिनुभयो ।
पोखराबाट २२ किलोमिटर दुरीमा रिसोर्ट पुग्न सकिन्छ । पोखराबाट हेमजाहुँदै बागलुङ हाइवेबाट र पोखराबाट सराङकोट हुँदै पनि रिसोर्ट पुग्न सकिन्छ । सराङकोबाट ७ किलोमिटर दुरीमा रिसोर्ट पुगिन्छ । हिमालयन देउराली रिसोर्टलाई पोखरा क्षेत्रको ‘बेष्ट माउन्टेन भ्यु रिसोर्ट’ पनि मानिन्छ । जहाँबाट लामो रेन्जमा हिम शृङखला स्पष्टसँग देख्न सकिन्छ । हरेक रुमबाट सनराइज र सनसेटको मज्जा लिन सकिन्छ । ३ सय ३० रोपनी जग्गाको कम्पाउण्ड भित्र रिसोर्ट सञ्चालनमा छ ।
सन् २०१३ मा २४ वटा रुमबाट सञ्चालनमा आएको रिसोर्टमा अहिले ४७ वटा रुम छन् । १० वटा स्विट रुम निर्माणाधीन अवस्थामा छन् । सबै रुम डिलक्स र सुपर डिलक्स छन् । रिसोर्टमा ३ वटा सेमिनार हल छन् । जहाँ ३ सय जनासम्मको कार्यक्रम गर्न सकिन्छ । स्थानीय ढुंगा माटोको प्रयोग गरी बनाइएका आकर्षक भिल्लाहरु पर्यटकका लागि आकर्षित बन्छन् । एउटा भिल्लाबाट अर्को भिल्ला र एउटा रुमबाट अर्को रुमबीचको दुरी १२ फिट भन्दा बढी रहेको रायमाझीले जानकारी दिनुभयो ।
रिसोर्ट भएको ठाउँलाई चराचुरुङगीहरुको ट्रान्जिट पोइन्ट पनि मानिन्छ । चराचुरुङगी र जंगलको अध्ययन अवलोकनका लागि पनि रिसोर्ट आकर्षक गन्तव्य बन्दै आएको छ । रिसोर्ट वरपर ४ वटा प्रशिद्ध हाइकिङ रुटहरु छन् । पर्यटकले आफ्नो रोजाई अनुसार रिसोर्टबाट अष्ट्रेलियन बेस क्याम्प, पाउँदुरकोट, कास्कीकोट वा सराङकोटसम्म हाइकिङ गर्न सक्छन् । कास्कीकोटसम्म फरक क्षमता भएकाहरुलाई ह्विलचियर ट्रयाकको सुविधा पनि छ ।
आन्तरिक पर्यटकलाई लक्षित गरी विशेष प्याकेज
आन्तरिक पर्यटकलाई लक्षित गरी रिसोर्टले विशेष छुटसहितको विन्टर प्याकेज ल्याएको छ । रिसोर्टमा आउने एक जोडीलाई एक रातको प्रतिव्यक्ति ३ हजार रुपैयाँ शुल्क लाग्नेगरी प्याकेज ल्याइएको रायमाझीले जानकारी दिनुभयो । यो प्याकेजमा स्न्याक्स, बारविक्यु, डिनर, क्याम्प फायर विथ म्युजिक, ब्रेकफास्ट समावेश गरिएको छ । वेवरेज र स्पामा २० प्रतिशत छुट प्रदान गरिनेछ । यो सुविधा डिलक्स रुमका लागि हुनेछ भने सुपर डिलक्सका लागि प्रतिव्यक्ति ४ हजार रुपैयाँ लाग्नेछ । ‘परिवार र ग्रुपमा आउनेहरुका लागि छुटसहित फरक फरक प्याकेजहरु ल्याएका छौं,’ उहाँले भन्नुभयो ।
आफ्नै फार्ममा उत्पादित अर्गानिक खानाको स्वाद
रिसोर्टमा आउने पर्यटकलाई अर्गानिक खानाका स्वाद खुवाउने व्यवस्था गरिएको छ । रिसोर्ट अन्तर्गत हिमालयन देउराली पशु फार्मसमेत सञ्चालनमा छ । जहाँबाट रिसोर्टलाई चाहिने सम्पूर्ण अर्गानिक तरकारीहरु उत्पादन हुन्छ ।
फार्ममै पालिएका लोकल कुखुरा, कडकनाथ, हाँस, टर्कीको मासु पर्यटकले खान पाउनेछन् । फार्मकै दूध, दही रिसोर्टले प्रयोग गर्छ । ‘यहाँ आउने पर्यटकलाई यहीँको स्थानीय उत्पादनको स्वाद खुवाउँछौं,’ उहाँले भन्नुभयो ।
Comments are closed.