बुद्ध सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ युनिट रगत सकंलन

 

पोखरा ।पोखरा ४ बुद्ध विशाल बजारमा रहेको बुद्ध बचत तथा ऋण सहकारी सस्थाँको बार्षिक क्यालेण्डर अनुसार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा ५१ युनिट रगत सकंलन भएको थियो । कार्यक्रममा पहिलो रक्तदाता हरि बहादुर रानालाई सहकारीका अध्यक्ष ध्रुव प्रसाद रेग्मीले व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको सुभारम्भ गरेका थिए ।

बुद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुव प्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य सहकारीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक बासुदेव पराजुलीले गरेका थिए भने कार्यक्रममा सस्थाका निर्वतमान अध्यक्ष नगेन्द्र प्रसाद पोखरेलले धन्यवाद ज्ञापन गरेका थिए । सहकारीका सदस्य तथा बुद्ध विशाल बजार ब्यापारीक एशसियसनका अध्यक्ष केशव बहादुर खत्रीले कार्यक्रमको सफलताको कामना गरे ।

jutta mela

कार्यक्रम सन्चालन सहकारीका सचिव दिपक कुमार मुल्मीले गरेका थिए । कार्यक्रममा रक्त संचार केन्द्र पोखराको प्राविधिक टोलिले आवस्यक सामाग्री सहीत विषेश सहयोग गरेको थियो ।

You might also like

Comments are closed.