नेचुरल सहकारीले सुविधासम्पन्न व्यावसायिक भवन निर्माण गर्दै

 

काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्था लि.ले सुविधा सम्पन्न व्यावसायिक भवन निर्माण गर्ने भएको छ । काठमाडौं महानगरपालिका वडा नं. ७ टुसालमा सहकारीले भवन निर्माण गर्न लागेको हो ।

साढे सात आना जग्गामा बन्ने भवनकोे बुधबार राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवि उप्रेतीले शिलान्यास गरे । १ वर्ष भित्र भवन निर्माण सम्पन्न गरिने संस्थाका सचिव विकल्प पाठकले जानकारी दिए । ‘६ तलाको सुविधा सम्पन्न भवन निर्माण हुनेछ,’ उनले भने ।

केन्द्रीय कार्यालय जोरपाटीमा रहेको सहकारीको सेवा केन्द्रहरु साँखु, नयाँबजार, कालिमाटी र सम्पर्क कार्यालय काँडाघारीमा छ ।

You might also like

Comments are closed.