लाईफ केयर र बिशाल सहकारी विच सम्झौता, सहकारीका सदस्यलाई परीक्षणमा छुट

 

पोखरा । लाईफ केयर डायग्नोष्टिक एण्ड रिसर्च सेन्टर पोखरा र विशाल बचत तथा ऋण सहकारी संस्था लि बीच स्बास्थ्य परिक्षण( प्रयोगशाला परिक्षण) सेवामा छुटको सम्झौता भएको छ ।

सम्झौता पत्रमा लाइफ केयरको तर्फबाट प्रवन्ध निर्देशक शुक्रराज कडेंल र सहकारीको तर्फबाट सहकारीका अध्यक्ष भुवन नेम्कुलले हस्ताक्षर गरेका छन् ।

उक्त ल्याबमा जाँच गर्दा लाग्ने शुल्कमा सहकारीका सदस्यलाई छुट प्रदान गर्ने निर्णय भएको सहकारीका प्रमुख कार्यकारी अधिकृत सुदीप ढकालले जानकारी दिए ।

You might also like

Comments are closed.