कोन सहकारीको अध्यक्षमा बस्नेत

पोखरा ।

पोखरामा रहेको कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि को अध्यक्षमा तिर्थ बहादुर बस्नेत निर्वाचित भएका छन् । सहकारीको उपाध्यक्षमा माधव प्रसाद सिग्देल, सचिवमा शान्त कुमार श्रेष्ठ, कोषाध्यक्षमा जय प्रसाद सापकोटा, सह सचिव सुरेन्द्र प्रसाद सिग्देल, सदस्यहरुमा शारदा पराजुली, केदार राज सिग्देल, खड्क बहादुर गुरुङ र जसुदा गुरुङ चयन भएका छन् ।

सहकारीको लेखा सुपरिवेक्षण समिति संयोजकमा ज्ञानेन्द्र प्रसाद सिग्देल र सदस्यहरुमा बजिरमान श्रेष्ठ र इन्द्रप्रसाद भट्टराई चयन भएको सहकारीका महाप्रवन्धक तथा निर्वाचन उपसमितिका सदस्य अपिल कोइरालाले जानकारी दिए । हालै सम्पन्न बार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको कार्यकाल ४ बर्षको रहनेछ ।

अधिवक्ता दयाराम गौतम संयोजक रहेको निर्वाचन उपसमितिमा गोविन्द प्रसाद सिग्देल र अपिल कोइराला सदस्य थिए ।

You might also like

Comments are closed.