पोखरा, १५ असार ।
ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा लाग्ने उपचार खर्चमा बिशेष छुट दिने सम्वन्धमा गरिमा विकास बैक र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर विच सम्झैता भएको छ ।
बैकका प्रमुख कार्यकारी अधिकृत गोन्दिप्रसाद ढकाल र हस्पिटलको तर्फ बाट प्रवन्ध निर्देशक बाबुकाजी कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
गरिमा विकास बैक लिमिटेडका डेविट कार्ड होल्डर, बैकका कर्मचारी र संस्थापक शेयरधनीले ॐ हस्पिटलमा उपचार गराउदाँ अपरेसन शुल्क, बेड शुल्क, मेडिकल शुल्क, ल्याव, एक्सरे, मिडियो एक्सरे, सिटी स्क्यान, ईन्डास्कोपी, कोलोनोस्कोपी, लगायतका सेवामा बिशेष छुट पाउने छन् ।
काठमाडौको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस बैकको राजधानीमा ५ शाखा सहित देशभर ५७ शाखा संचालनमा छन् । बैकले छिट्टै काठमाण्डौको नयाँ वानेश्वर, ललितपुरको कुमारीपाटी, भक्तपुरको सुर्यविनायक, पोखराको रामबजार, रुपन्देहकिो योगीकुटी, दाङको घोराही, बाकेँको नेपालगञ्ज, कैलालीको धनगढी र झापाको दमक मा शाखा कार्यालय संचालन गर्ने तयारी भईरहेको बैँकका प्रमुख कार्यकारी अधिकृत गोन्दिप्रसाद ढकालले जानकारी दिए ।
Comments are closed.