उद्यम र सामाजिक क्षेत्रमा योगदान पुर्याउने युवाहरु सम्मानित

काठमाडौं । उद्यमशीलता र सामाजिक क्षेत्रमा योगदान पुर्याउने युवाहरु सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले मंगलबार एक कार्यक्रमका बीच राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गरेको हो । उक्त अवसरमा १३ जना युवालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले सम्मान गरे ।

मञ्जु खाँड ठकुरी, देविका बुढाथोकी, टंकबहादुर नेपाली, राउत एण्ड सन्स बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्म प्रालि, अश्विनीकान्त झा, धीरेन्द्र चन्द, सुनिता क्षेत्री, लुनिभा बाल सरोकार समूह, रचना सुनार, सजना सुनार, महेश प्रकाश डाहा, सरिता श्रेष्ठ भट्टराई र प्रकृति मैनाली सम्मानित भएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्र्माले सबै क्षेत्रलाई समेट्ने गरी राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान भएको बताए । उद्यम क्षेत्रमा तथा सामाजिक क्षेत्रमा राम्रो काम गरेका युवाहरुलाई सम्मानले थप प्रोत्साहन हुने उनले विश्वास व्यक्त गरे । सम्मानपत्र र नगद १ लाख तथा ५० हजार रुपैयाँबाट उनीहरु सम्मानित भएका हुन् ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोकायाले उत्पादनले मात्रै मुलुकको समृद्धि सम्भव हुने भएकाले उद्यममा लागेका युवाहरुलाई राज्यले सधैं सम्मान गर्ने धारणा राखे ।

You might also like

Comments are closed.