पोखरा । पोखरा उद्योग वाणिज्य संघको उद्योगतर्फको उपाध्यक्षमा व्यवसायी गोकर्ण कार्कीले उम्मेदवारी सार्वजनिक गरेका छन् । यही पुस २४ र २५ गते पोखरामा संघको ३३औं महाधिवेशन हुँदैछ ।
४ वर्ष अगाडि ३१ औं महाधिवेशनमा पनि कार्कीले उद्योग उपाध्यक्षमा विजयी भएर एक कार्यकाल काम गरेका थिए । ३२ औं महाधिवेशनमा उनले सहमतिको लागि भन्दै उम्मेदवारी नदिने घोषणा गरेका थिए । कार्की नेपाल चीन जनमैत्री संघको कोषाध्यक्षसमेत हुन् । कार्की संघको उपाध्यक्ष हुँदा उनैको संयोजकत्वमा पोखराका सडकमा एक हजार थान सोलार लाइट जडान भएका थिए ।
‘सबल, सक्षम, जुझारु र निष्पक्ष नेतृत्वको आवश्यकता, उद्यमीहरुको टेवा र विकासमा मेरो प्रतिबद्धता’ नाराका साथ आफूले उद्योग तर्फको उपाध्यक्षमा उम्मेदवारी सार्वजनिक गरेको उनले बताए ।
यसैबीच, पोखरा औद्योगिक क्षेत्र उद्योग संघले कार्कीलाई संघको उपाध्यक्षमा सहयोग गर्ने सर्वसम्मत निर्णय समेत गरेको छ । शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।







Comments are closed.