शर्मा एण्ड कम्पनीको वार्षिकोत्सवमा रक्तदान र खाद्यान्न सहयोग

 

काठमाडौं । निर्माण क्षेत्रमा नेपालको प्रतिष्ठित कम्पनी ‘शर्मा एण्ड कम्पनी’को आयोजनामा रक्तदान तथा खाद्यान्न वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । कम्पनी स्थापनाको ५४ वर्ष पुरा भइ ५५ वर्ष प्रवेशको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै कम्पनीले कार्यक्रम गरेको हो ।

आर.के. कम्प्लेक्स सीतापाइलामा भएको रक्तदान कार्यक्रममा १ सय १० युनिट रगत संकलन भएको कम्पनीका प्रवन्ध निर्देशक रमेश शर्माले जानकारी दिए । ‘कोरोनाको विषम परिस्थितिमा भिडभाड हुने गरी कार्यक्रम गरेनौं,’ शर्माले भने, ‘रगतको अभावलाई थोरै भएपनि परिपूर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गरेका हौं ।’

त्यसैगरी कम्पनीले ८५ जना असहाय र दृष्टिबिहीनहरुलाई खाद्यान्न सहयोग गरेको छ । विभिन्न संस्थाहरुमा आश्रय लिइरहेका उनीहरुलाई एक महिनाका लागि पुग्ने खाद्यान्न सहयोग गरिएको कम्पनीका सञ्चालक सौरव शर्माले जानकारी दिए ।

कम्पनीका प्रवन्ध निर्देशक रमेश शर्मा निर्माण व्यवसायी संघको तेस्रो अध्यक्ष तथा महासंघ निर्माण पछिको पहिलो अध्यक्ष भइसकेका व्यक्ति हुन् । रमेश शर्माका बुबा राधाकृष्ण शर्माले वि.सं. २०२२ मा यो कम्पनी स्थापना गरेका हुन् । राधाकृष्णले अहिले पनि कम्पनीको अध्यक्ष रहेर अभिभावकीय भूमिका निर्वाह गरिरहेका छन् ।

र यो पनि,

शर्मा एण्ड कम्पनी ५५औं वर्षमा प्रवेश, निर्माण क्षेत्रको अग्रणी कम्पनी

You might also like

Comments are closed.