होटल दा फ्लेमिंगोको महाप्रवन्धकमा अधिकारी नियुक्त

बुटवल । हस्पिटालिटी क्षेत्रमा देश तथा विदेशमा लामो समयको अनुभव संगालेका काशीराम अधिकारी होटल दा फ्लेमिंगो प्रा.लि. बुटवलको महाप्रवन्धक नियुक्त भएका छन् । उच्च स्तरीय होटलबाट सेवा सुविधा प्रदान गर्ने गरी होटल फागुन अन्तिम साताबाट सञ्चालनमा आउँदैछ ।

दक्षिण पूर्व एशियाका मलेसिया, सिंगापुर, इन्डोसियाको बाली, थाइल्याण्ड, म्यानमार र क्याम्बोडियाका साथै नेपाल तथा भारतका विभिन्न होटलहरुमा अधिकारीले व्यवस्थापनको नेतृत्व तहमा रहेर काम गरिसकेका छन् । पर्यटन क्षेत्रमा करिब २ दशक लामो अनुभव संगालका अधिकारीले होटल दा फ्लेमिंगोसँग आबद्ध हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

देश तथा विदेशमा काम गरेको अनुभवबाट होटल दा फ्लेमिंगोलाई उत्कृष्ट होटलको पहिचान दिलाउन आफू सक्रिय हुने उनले बताए ।

अधिकारीलाई होटलको महाप्रवन्धक नियुक्त गर्न पाउँदा निकै खुसी लागेको प्रवन्ध निर्देशक दिलीप गौचनले बताए ।

र यो पनि,

बुटवलमा थ्रिस्टार स्तरीय ‘होटल दा फ्लेमिंगो’ खुल्दै

You might also like

Comments are closed.