‘पर्यटनमा करियर बनाउन चाहने विद्यार्थीले पढ्नै पर्ने कोर्ष हो बिटिटिएम’

करण ठगुन्ना, प्रिन्सिपल, ग्लोबल कलेज इन्टरनेशनल

ग्लोबल कलेज इन्टरनेशनलले स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ । कलेजले ए–लेभल, बिबिए, बिएचएम, बिटिटिएम र एमबिए कोर्षमा पढाई सञ्चालन गरिरहेको छ । यी कोर्ष मध्ये ब्याचलर अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बिटिटिएम) पर्यटन क्षेत्रलाई लक्षित गरि कलेजले सञ्चालनमा ल्याएको हो । पर्यटन क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरुको आकर्षण यो कोर्षमा देखिन्छ । यसै सन्दर्भमा कलेजमा पढाई हुने बिटिटिएम कोर्षमा केन्द्रित रहेर प्रिन्सिपल करण ठगुन्नासँग आर्थिक आवाजले गरेको कुराकानी :

ग्लोबल कलेज इन्टरनेशनलमा पढाई हुने ब्याचलर अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बिटिटिएम) कस्तो कोर्ष हो ?

ग्लोबल कलेज इन्टरनेशनलमा पढाई हुने विभिन्न कोर्ष मध्य ब्याचलर अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बिटिटिएम) पनि एक हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सम्वन्धमा यो कोर्ष संचालन गरेका छौं । यो कोर्ष अन्तर्गत यस वर्ष तेस्रो इन्टेकका लागि विद्यार्थी भर्ना गरिरहेका छौं । यसको अवधि ४ वर्ष (८ सेमेष्टर) को हुन्छ । यसले पर्यटन, आतिथ्यता, प्राविधिक सिप तथा ट्राभल एण्ड टुरिजम सम्वन्धी महत्वपूर्ण ज्ञान तथा सिप प्रदान गर्छ ।

jutta mela

बिटिटिएम कोर्ष संचालन गर्नुको उद्देश्य के हो ?

हस्पिटालिटी इन्डष्ट्रिमा प्रवेश गर्न चाहने विद्यार्थीलाई सक्षम बनाउन यो कोर्ष संचालन गरेका हौं । नेपालमा बढ्दै गएको यात्रा र पर्यटन क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य हाम्रो छ । यस कार्यक्रमले पर्यटनमा निजी तथा सार्वजनिक क्षेत्रमा सफल बन्न ज्ञान र सिप विकास गर्छ । यस क्षेत्रमा जान चाहने विद्यार्थीलाई सक्षम तथा सवल बनाउनु नै हाम्रो उद्देश्य हो ।

पर्यटनमा करियर बनाउन चाहने विद्यार्थीका लागि यो कोर्ष किन उपयोगी छ ?

नेपाल पर्यटनको प्रशस्त सम्भावना भएको क्षेत्र हो । पर्यटन क्षेत्रमा व्यावसायिक संलग्नताका लागि आवश्यक ज्ञान तथा सिप यसले प्रदान गर्छ । पर्यटन क्षेत्रमा स्थापित हुन चाहने तथा प्रोफेसनल बन्न चाहनेका लागि यो कोर्ष निकै महत्वपूर्ण छ । भविष्यमा गएर पर्यटन क्षेत्रमा केही गर्छु भन्ने विद्यार्थीका लागि यो निकै उपयोगी कोर्ष हो । नेपालमा मात्र नभई विदेशमा गएर पर्यटन क्षेत्रमा काम गर्न चाहने विद्यार्थीका लािग पनि यसले धेरै कुरा सिकाउँछ । पर्यटनसँगै एयरलायन्स, अन्य विभिन्न एतिहासिक साइटका लागि पनि यो निकै उपयोगी कोर्ष हो, जसले दक्ष तथा कुसल तरिकाले व्यवस्थापन तथा संचालन गर्न सिकाउँछ ।

धेरै कलेजहरुको भिडमा अध्ययनका लागि ग्लोबल कलेज इन्टरनेशनल नै किन रोज्ने ?

सैद्धान्तिकसँगै प्रयोगात्मक शिक्षालाई जोड दिएका छौं । हरेक कार्यक्रममा विद्यार्थीको सक्रिय सहभागिता रहन्छ । नेपालमा नै पहिलो पटक विद्यार्थीले नै संचालन गर्ने ट्राभल एण्ड टुरिजम इन्क्युभेटर सेन्टर कलेजमा छ । जुन सेन्टर रजिष्टर्ड र लाइसेन्स प्राप्त छ । यसको रनिङ, म्यानेजमेन्ट र एक्ज्युकेसन सबै विद्यार्थीले नै गर्छन् । अनगोइङ इन्टर्नसिप प्लेटफर्मका रुपमा यसलाई संचालन गरेका छौं ।

बिटिटिएम अध्ययन गर्ने विद्यार्थीले हरेक सेमेष्टरमा एउटा सिग्नेचर इभेन्ट गर्नुपर्ने हुन्छ । वल्ड क्लास टुरिजम क्षेत्रका एक्स्पर्टलाई इभेन्टमा ल्याउनुपर्छ । टुरिजम क्षेत्रको कुनै मेघा इभेन्ट (कन्फरेन्स, सेमिनार वा यस्ता प्रोजेक्ट) पनि गर्नुपर्र्छ । यसले विद्यार्थीलाई धेरै कुरा सिक्ने अवसर प्रदान गर्छ । प्रत्येक सेमेष्टरमा एउटा क्लासले डोमेस्टिक टुर र ट्रेनिङ गर्नु अनिवार्य छ । इन्क्युभेसन सेन्टर, कन्फरेन्स, सेमिनार र टुरलाई कम्पलसरी कम्पोनेन्ट बनाएका छौं । यस्ता कार्यक्रमले हाम्रा विद्यार्थी भोलि मार्केटमा जाँदा वेल म्यानेज्ड म्यानेजर भएर स्थापित हुन सक्छन् । कलेजमा गरेको इन्टर्नको स्किलबाट आफू एक्सपोज हुन पनि सहज हुन्छ ।

कलेजमा बिटिटिएम बाहेक अन्य कुन कुन कोर्षको पढाई हुन्छ ?

कलेजमा बिटिटिएमबाहेक ए–लेभल, बिबिए, बिएचएम, एमबिएको पढाई भइरहेको छ । नेपालको शैक्षिक क्षेत्रमा ग्लोबल कलेज इन्टरनेशनल स्थापित नाम हो । शैक्षिक क्षेत्रको ब्राण्डका रुपमा यो कलेज स्थापित भइसकेको छ । यहाँ पढाई हुने हरेक कोर्षमा विद्यार्थीको आकर्षण राम्रो छ । अन्तर्राष्ट्रियस्तरको शिक्षा हामीले नेपालमै प्रदान गर्न सफल छौं । रिजल्ट पनि निकै राम्रो छ ।

विद्यार्थी तथा अभिभावकलाई के भन्न चाहनुहुन्छ ?

स्वदेशमै रहेर अन्तर्राष्ट्रियस्तरको शिक्षा लिने केन्द्रका रुपमा ग्लोबल कलेज इन्टरनेशनल स्थापित हुन सफल छ । सन् २०१० मा कलेज स्थापना भएदेखि नै परम्परागत शिक्षा प्रणाली भन्दा धेरै माथि उठेर पूर्ण व्यावसायिक शिक्षा प्रदान गर्ने हाम्रो उद्देश्यमा पूर्ण सफल छौं । विद्यार्थी तथा अभिभावकमा मेरो आग्रह के छ भने एकपटक कलेज भिजिट गर्नुहोला । इन्क्युभेसन सेन्टर लगायत कलेजका विभिन्न कुरा अध्ययन गर्नुहोला र आफ्ना छोराछोरीको आगामी यात्राको निर्णय गर्नुहोला । विद्यार्थी भाइ बहिनीले पनि सबै कुरा बुझ्न सक्नुहुन्छ ।

You might also like

Comments are closed.