काठमाडौं । अटोमोबाइल्स व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइलस एसोसिएसन अफ नेपाल (नाडा)ले ट्राफिक प्रहरीलाई ज्याकेट सहयोग गरेको छ । बुधबार एक कार्यक्रमबीच नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले ट्राफिक महाशाखा काठमाडौंका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीलाई ज्याकेट हस्तान्तरण गरे ।
ड्युटीमा रहेका ट्राफिक प्रहरीले प्रयोग गर्ने गरी ५ सय थान फ्लोरसेन्ट ज्याकेट नाडाले सहयोग गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै नाडाले ट्राफिक प्रहरीलाई ज्याकेट सहयोग गरेको अध्यक्ष दुलालले बताए । ‘हामीले ट्राफिक प्रहरीसँग नियमित सहकार्य गर्दै आइरहेका छौं,’ उनले भने, ‘यस पटक ज्याकेट सहयोग गरेका हौं । सहयोग तथा सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौं ।’ उक्त अवसरमा बोल्दै एसपी अधिकारीले नाडाको सहयोगप्रति आभार व्यक्त गरे ।
ज्याकेट हस्तान्तरण कार्यक्रममा नाडाका अध्यक्ष दुलालसहित उपाध्यक्ष करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष बिक्रम सिंहनिया लगाययतको उपस्थिति थियो ।
नाडाले वर्षेनी हुने साधारणसभामा ट्राफिक प्रहरीलाई नगदसहित सम्मान तथा सहयोग गर्दै आइरहेको छ । ५० वटा कर्नरमा प्रयोग हुने ट्राफिक सिंग्नल स्ट्याण्ड केही समय अगाडि सहयोग गरेको नाडाले गत वर्ष मोटरसाइकलसमेत सहयोग गरेको थियो ।
Comments are closed.