अक्टोबरबाट खुल्दैछ ‘माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पा’

पोखरा, १० साउन ।

पोखरामा आगामी अक्टोबरबाट फरेस्ट डिलक्स रिसोर्ट सञ्चालनमा आउने भएको छ । जंगल रिसोर्टको मज्जा प्रदान गर्ने गरी पोखरा–२३ दोबिल्लास्थित रहिचौरमा ‘माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पा’ निर्माण गरिएको छ । रिसोर्ट निर्माणको पहिलो चरणको प्राय काम सम्पन्न भइसकेको छ । आगामी अक्टोबर १ बाट रिसोर्ट पूर्ण सञ्चालनमा आउने सेल्स एण्ड अपरेसन डाइरेक्टर किरण तुलाधरले जानकारी दिए ।

७२ रोपनी जग्गामा रिसोर्ट निर्माण गरिएको छ । करिब २ वर्ष अगाडिबाट रिसोर्ट निर्माण सुरु गरिएको थियो । रिसोर्टमा ८ जनाको लगानी छ । पहिलो चरणमा रिसोर्टमा करिब एक अर्ब रुपैयाँ लगानी भएको लगानीकर्ता मध्यका एक ध्रुवबहादुर थापाले जानकारी दिए । पहिलो चरणमा ६४ वटा कोठाबाट रिसोर्टको सेवा शुभारम्भ हुनेछ । ‘आगामी पर्यटकीय सिजनलाई लक्षित गरी रिसोर्ट सञ्चालन हुँदैछ,’ उनले भने, ‘पोखरामा पहिलो पटक अत्याधुनिक सुविधा सम्पन्न जंगल रिसोर्ट खोल्न सफल भएका छौं ।’ रिसोर्टमा ६ वटा ब्लग र ६ वटा भिल्ला रहनेछन् । एउटा प्रेसिडेन्टल रुम र एउटा स्वीट रहनेछ । अरु सबै सुपर डिलक्स रुम हुनेछन् ।

प्र्याप्त पार्किङ तथा स्विमिङ पुल, स्विमिङ पुल बारको सुविधा रहने रिसोर्टलाई आकर्षक डिजाइनबाट निर्माण गरिएको छ । जंगलको काखमा अवस्थित रिसोर्टबाट पोखरा तथा माछापुच्छ«े, अन्नपूर्ण लगायतका हिमाली श्रृङखला लामो रेन्जमा देख्न सकिनेछ । ‘प्रत्येक रुम तथा बाथरुमबाट समेत हिमालयको दृश्यावलोकन गर्न सकिनेछ,’ थापाले भने । सेती नदी र फुस्रे खोलाको संगम स्थल तथा वरपरका हरियाली जंगल तथा पहाडहरुको पनि रिसोर्टबाट दृश्यावलोकन गर्न सकिनेछ । रिसोर्ट परिसरमा साइलक ट्रयाक र फुट ट्रयाक पनि निर्माण हुँदैछ ।

रिसोर्टमा ठूला साना गरी ४ वटा हल छन् । आन्तरिक तथा बाह्य उच्च वर्गका पर्यटकलाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको तुलाधरले जानकारी दिए । चालु पोखरा बिमानस्थलबाट ७ किलोमिटर र निर्माणाधीन अन्तर्राष्ट्रिय बिमानस्थलबाट करिब ४ किलोमिटर दुरीमा रिसोर्टस्थल पुग्न सकिन्छ । शान्त तथा पारिवारिक वातावरणमा स्तरीय होटलमा बस्न चाहने पर्यटकलाई सेवा प्रदान गर्न आफूहरु सफल हुने रिसोर्टका अध्यक्ष नरेन्द्र प्रजापतीले बताए । सुन्दर प्राकृतिक तथा हरियाली वातावरणमा रिसोर्ट बनेकाले पनि धेरैको आकर्षण बढ्ने उनको विश्वास छ ।

रिसोर्ट सञ्चालनमा आएपछि दोस्रो चरणको काम तत्काल सुरु हुने थापाले जानकारी दिए । दोस्रो चरणमा एक सय वटा कोठाबाट रिसोर्ट सञ्चालन हुनेछ । दोस्रो चरणको काम सम्पन्न हुँदासम्म रिसोर्टमा करिब ५० करोड रुपैयाँ थप लगानी हुने बताइएको छ । रिसोर्टमा एनएमबी बैंकले बैंकिङ सहकार्य गरेको छ । रिसोर्ट सञ्चालनमा आउँदासम्म करिब एक सय जनाले प्रत्यक्ष रोजगारी पाउने थापाले बताए ।

रिसोर्ट सञ्चालनमा आएपछि नेपालको स्तरीय पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने सञ्चालकहरुको दावी छ । ‘पोखरा आउने पर्यटकको संख्या बढाउन र बसाइँ अबधी लम्ब्याउन पनि रिसोर्टले योगदान पु¥याउने विश्वास गरेका छौं,’ थापाले भने । विभिन्न प्याकेजमा पर्यटकलाई सेवा उपलब्ध गराउने उनले बताए । पर्यटकीय नगरी पोखरामा स्तरीय रिसोर्टको आवश्यकता महसुस गरी लगानी गरेको थापाले जानकारी दिए ।

lcci
You might also like

Comments are closed.