एजुकेशन फेयरमा १ हजार भन्दा धेरै विद्यार्थी सहभागिता हुन्छन्ः पराजुली

काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको कंगारु ऐजुकेशन फाउण्डेशनले यही आउँदो साउन १६ गते बुधबार केन्द्रीय कार्यालय, पुतलीसडकको सभाहलमा र साउन १८ र १९ गते शाखा कार्यालय सेलवेज टावर चिप्लेढुंगा पोखराको कार्यालय परिसरमा कंगारु एजुकेशन फेयरको आयोजना गर्दैछ । विदेशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्युजिलेण्ड र यूरोपका प्रतिष्ठित विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजहरुको वैदेशिक शिक्षा सम्बन्धी शैक्षिक परामर्श तथा सहजीकरण सेवा उपलब्ध गराउँदै आएको संस्थाको नेपालमा सात वटा, अस्ट्रेलियामा दुई वटा र बंगलादेशको ढाकामा एक शाखा छन् । संस्थाले प्रदान गर्ने थप सेवा र यसै साता हुने एजुकेशन फेयरको तयारीका विषयमा कंगारु एजुकेशन फाउण्डेशनका अध्यक्ष एवं सिनियर काउन्सेलर सुस्मिता पराजुलीसँग गरिएको कुराकानीको सार :

कंगारु एजुकेशन फेयरको तयारी कस्तो छ र कति सहभागीको अपेक्षा गर्नुभएको छ ?
कंगारु एजुकेशन फाउण्डेसनले आगामी साउन १६ गते केन्द्रीय कार्यालय, पुतलीसडकको सभाहलमा र साउन १८ र १९ गते शाखा कार्यालय चिप्लेढुगां पोखरामा आयोजना गर्न लागेको कंगारु एजुकेशन फेयरको तयारी करिब करिब पुरा भएको छ । मेलामा आउने विद्यार्थी र अभिभावकले वैदेशिक शिक्षा सम्बन्धी शैक्षिक परामर्श तथा सहजीकरण सेवा सहजै पाउने ब्यबस्था गरेका छौं । यो एजुकेशन फेयरमा १ हजार भन्दा धेरैकोे सहभागिता रहनेछ भन्ने हाम्रो अपेक्षा छ ।

वैदेशिक शिक्षा सम्बन्धी शैक्षिक परामर्श दिन एजुकेशन फेयर नै किन ?
स्थापनाकालदेखि नै नेपालबाट अध्ययनको लागि विदेश जाने विद्यार्थीलाई उचित परामर्श दिँदै आइरहेको कंगारु ऐजुकेशन फाउण्डेशनले विद्यार्थीलाई एउटै छानामुनी अस्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, क्यानडा र युरोपका गरी २६ वटा भन्दा वढी प्रतिष्ठित विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजहरुका प्रतिनिधिबाट वैदेशिक शिक्षा सम्बन्धी सही सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागेको हो । कलेजका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरी सत्य तथ्य जानकारी, त्यहाँकोे जीवनशैली, छात्रवृत्ति, कलेज विश्वविद्यालय छनौटदेखि लिएर परिपक्व डकुमेन्टेसन मार्फत् भर्ना र भिजाका सम्बन्धमा पनि परामर्श लिन पनि सकिनेछ । मेलामा आउन चाहने जो कोही विद्यार्थी तथा अभिभावकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिनुका साथै आकर्षक गिफ्ट ह्याम्पर पनि व्यवस्था गरिएको छ ।

नेपाली विद्यार्थी बाहिर जानुमा उच्च शिक्षा र रोजगार मध्ये केलाई प्राथमिकता दिने गरेका छन् ?
अहिलेसम्म कंगारुबाट गएका अधिकांश विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्न भनेर नै विदेश गएका छन् । र, हामीले विद्यार्थीलाई काउन्सिलिङ गर्ने बेलैमा विदेश अध्ययनका लागि जाने हो पछि नेपाल नै फर्कनु पर्छ भनेर काउन्सिलिङ गर्छौं । विद्यार्थी भिसामा गएका विद्यार्थीले पैसा कमाउने सोच राख्छ भने त्यो गलत हुन्छ । अस्ट्रेलिया, न्युजिल्याण्ड, युरोप, अमेरिका जस्ता देशमा अध्ययनरत रहँदा विद्यार्थीले साताको निश्चित घण्टामात्र काम गर्न पाउँछन् भने, बिदाको समयमा फुल टाइम काम गर्न पाउँछन् । यसले विद्यार्थीलाई ती देशहरूमा रहन केही आर्थिक सहयोग मात्र पुग्छ । र, यसरी गरेको कामले विद्यार्थीलाई आत्मनिर्भर बनाउन पनि ठुलो सहयोग गर्छ ।

विदेश पढ्न जाने विद्यार्थीले के–के विषयमा ध्यान दिन आवश्यक छ ?
पहिलो कुरा विद्यार्थी अध्ययनमा अब्बल हुनुपर्छ । त्यस्तै अङ्ग्रेजी भाषामा दख्खल हुनुपर्छ (आइएल्स, टोफेल, स्याट) लगायतमा राम्रो अंक ल्याउनु पर्छ । तेस्रो, आर्थिक अवस्था मजबुत हुनुपर्दछ । विदेश गईसकेपछि कम्तीमा १ वर्षसम्म नेपालबाटै खर्च व्यवस्थापन गर्न सक्नुपर्छ । विद्यार्थी स्वस्थ र तन्दुरुस्त हुनुपर्छ । विद्यार्थीको चरित्र पनि राम्रो हुनुपर्छ । यी सबै कुरा राम्रो भएको विद्यार्थी विदेश पढ्न जान योग्य हुन्छ । कक्षा १२ उत्तीर्ण गरेको विद्यार्थीले प्रथम श्रेणीमा उत्तीर्ण (६० प्रतिशत) भएको हुनुपर्छ । त्यसपछि आफू जान चाहेको देशको भाषा सिक्नु पर्छ । जस्तै, अस्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड र अमेरिकामा अध्ययनका लागि आइएल्समा ६ वा ६.५ भन्दा बढी अङ्क ल्याउनुपर्छ । डेनमार्क अध्ययनमा जाँदा डेनिस भाषा, चीनका लागि चाइनिज भाषा, जापानका लागि एनएटी र जेएलपीटी भाषा परीक्षा उत्तीर्ण गर्नु आवश्यक छ । त्यसपछि आर्थिक रूपमा आफू ती देशहरूमा गएर पढ्न कत्तिको सक्षम छु त्यो क्लिएर हुनुपर्छ । त्यसका लागि नेपाल सरकारबाट मान्यता प्राप्त आधिकारिक कन्सल्टेन्सीमा गएर परामर्श लिन आवश्यक छ । यस्तै प्रकारका सेवा कंगारुले दिदै आएको छ ।

नेपाली विद्यार्थीको क्षमता र अन्य देशका विद्यार्थीको क्षमतामा कत्तिको भिन्नता देखिन्छ ?
नेपाली विद्यार्थीको अध्ययन क्षमता अन्य देशका विद्यार्थी भन्दा राम्रो छ । नेपाली विद्यार्थी मेहेनती छन्, शिक्षण सिकाईमा अब्बल छन् । भाषाको सवालमा नेपाली विद्यार्थीले प्रारम्भिक तहदेखि नै अङ्ग्रेजी भाषाको अध्ययन गरेकाले अन्य देशका विद्यार्थीको तुलनामा अझ राम्रो छ । उदाहरणका लागि चीन, जापान लगायतका देशहरूमा अङ्ग्रेजी भाषा कमजोर हुँदा त्यहाँका विद्यार्थीहरूलाई भाषाको समस्या देखिन्छ । हाम्रोमा प्राथमिक कक्षादेखि नै अङ्ग्रेजी पढ्नुपर्ने भएकोले सहज भएको छ ।

नेपाल बाहिर अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था हुन्छ ?
सक्षम र अब्बल विद्यार्थीले छात्रवृत्ति सहजै पाउँछन् । अस्ट्रेलियाको हकमा राम्रा विद्यार्थीले ट्युसन शुल्कमा पनि २५ प्रतिशतसम्म छुट पाउँछन् । अमेरिकाको हकमा सक्षम, अध्ययनशील विद्यार्थीले त छात्रवृत्तिसँगै विभिन्न कोर्समा सोचे भन्दा धेरै छुट पाउँदै आएका छन् । विद्यार्थीले छात्रवृत्ति पाउँछु कि पाउँदिन भन्नु भन्दा पहिले आफ्नो क्षमतालाई निखार्न जरुरी हुन्छ ।

वैदेशिक शिक्षा अध्ययनका निम्ती जान चाहने विद्यार्थीलाई के भन्न चाहनु हुन्छ ?
जो विद्यार्थी उच्च शिक्षाक लागि विदेशमा जान खोजिरहनु भएको छ, उहाँहरू आफैमा सक्षम र अब्बल हुनु जरुरी छ । विद्यार्थीले आफूलाई शैक्षिक, आर्थिक र मानसिक रूपमा सक्षम र मजबुत बनाएपछि जहाँ पनि अवसर पाइन्छ । विद्यार्थीलाई वैदेशिक शिक्षाको थप शैक्षिक परामर्श तथा सहजीकरण सेवाका लागी आगामी साउन १६ गते बुधबार काठमाडौंमा र साउन १८ र १९ गते शाखा कार्यालय पोखरामा हुन गइरहेको कंगारु एजुकेशन फेयरमा सहभागी भई भरपुर सेवा लिनु हुन हार्दिक अनुरोध गर्दछु ।

lcci
You might also like

Comments are closed.