क्यान महासंघ कास्कीको साधारण सभा सम्पन्न

पोखरा । कम्प्युटर एसोसिएसन नेपाल महासंघ कास्कीको १३ औं बार्षिक साधरण सभा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले सुचना प्रविधि धेरै अगाडी बढिसकेको र सुचना तथा प्रविधीसँग छुट्टिएर काम गर्न नसकिने बताए ।

कार्यक्रममा क्यान महासंघ नेपालका केन्द्रिय सचिव तथा क्यान कास्कीका संस्थापक अध्यक्ष जगन बहादुर गुरुङ, क्यान महासंघ गण्डकी प्रदेशका अध्यक्ष तुलसीराम पाण्डे ,गण्डकी प्रदेशका निर्वतमान अध्यक्ष चिन्तामणी वाँस्तोला क्यान महासंघ पर्वत जिल्ला अध्यक्ष खड्क बहादुर गुरुङ, संस्थाका पूर्व अध्यक्षहरु इविन्द्रराज तिवारी, चण्डी प्रसाद अर्याल, गुणनिधी पाण्डे निर्वतमान अध्यक्ष युवराज पौडेल लगायतले बोलेका थिए ।

साधारण सभाले सचिव सेवक क्षितिजको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष विश्व प्रधानको प्रतिवेदन, शिक्षा उपसमितिका संयोजक दिनेश लामिछानेले प्रस्तुत गरेको प्रतिवेदन, लेखा समिति संयोजक कमलराज पाण्डेले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।

क्यान महासंघ कास्कीकाकाअध्यक्ष विश्वास भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा संयोजक तथा प्रथम उपाध्यक्ष आशिष गुरुङले स्वागत गरेका थिए ।

You might also like

Comments are closed.

Secret Link