काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले ओरालो लागेको छ । मङ्गलबार प्रतितोला १ हजार १ सय रुपैयाँले उकालो लागेको सुनको मूल्य बुधबार केही घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ८९ हजार ८ रुपैयाँमा कारोवार भइरहेको छ । तेजाबी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
चाँदी आज तोलामा १५ रुपैयाँले घटेको छ । एक हजार ३६० रुपैयाँमा मङ्गलबार कारोवार भएको चाँदी आज भने एक हजार ३४५ रुपैयाँमान कारोवार भईरहेको छ ।
Comments are closed.