‘मेक इन नेपाल–स्वदेशी’ अभियानमा परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ ‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको प्रमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उहाँको कार्यकक्षमा भेट गरी सो अभियानका बारेमा जानकारी गराएको हो ।

परिसंघका अध्यक्ष मोरले यो अभियानले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित परिसङ्घले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरु गरेको बताए । परिसङ्घको यस अभियानमा नेपाल सरकारको साथ र सहयोग हुनुपर्ने धारणा राख्दै मुलुकको औद्योगिक विस्तार, रोजगारीको सिर्जना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्रमाथि उठाउन सकिने बताए । यस अभियानमा सरकारले स्वमित्वबोध गरी स्वदेशी उद्योगको स्थापना र उद्योगलाई आत्मनिर्भर बनाउन सरकारबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

jutta mela

परिसङ्घका उपाध्यक्ष अनुज अग्रवाले परिसङ्घले तयार पारेको अवधारणाको संक्षिप्त प्रस्तुति गर्दै त्यसमा मुख्यगरी चारवटा आर्थिक खम्बालाई बढी प्राथमिकतामा राखेको जानकारी दिए । विशेषगरी यस अभियानले हरेक वर्ष एक हजार उद्योग सञ्चालनमा ल्याई वार्षिक एक लाख ५० हजार औद्योगिक रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । परिसङ्घको लक्ष्यअनुसार पाँच वर्षमा वार्षिक निर्यात रु चार खर्ब ३० पु¥याउने र कूल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु¥याउने बताए ।

उद्योगमन्त्री भट्टले नयाँ औद्योगिक क्षेत्रमा उद्योग स्थापनामा परिसङ्घले पहल गर्नुपर्ने बताउँदै त्यसको लागि सरकारले कुनै किसिमको सुविधा उपलब्ध गराउनुपर्ने भएमा सरकार तयार रहेको बताए। स्वदेशी उद्योग स्थापनासँगै कपास खेतीलाई प्राथमिकतामा राखी नेपालगञ्जको खजुरालाई कपास उत्पादनको पकेट क्षेत्र बनाउनको लागि निजी क्षेत्र अगाडि बढ्नुपर्ने बताए ।

छलफलमा परिसङ्घको तर्फबाट निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु क्रमशः राजेशकुमार अग्रवाल र सुलभ अग्रवाललगायत उपस्थिति थियो ।

You might also like

Comments are closed.