काठमाडौं । चिनियाँ मोटरसाइकल कम्पनी हाउजेको सातौं शोेरुम काठमाडौंको चाबहिलमा सञ्चालनमा आएको छ । हाउजेको बिक्रेता बाइक पस प्रा.लि.को शुक्रबार एक कार्यक्रमबीच शेर्पा एसोसिएसनका ग्लोबल चेयरमेन आङ दोर्जे लामा, अमर राज कर्णिकार, वौद्ध सामुदायिक संस्थाका अध्यक्ष जय मंगल लामाले उद्घाटन गरेका हुन् । हाउजे ब्राण्डलाई कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा भित्र्याएको हो ।
डिलर र सर्भिस सेन्टर बिस्तार गर्ने क्रममा कम्पनीले सातौं शोरुमको उद्घाटन गरेको हो । हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा यसको तुलना सुजुकीसँग हुने बताइएको छ । सुजुकीले यही स्पेसिफिकेसनको बाइकलाई डीआर १५० ब्रान्ड नेममा बिक्री गरिरहेको छ । इन्डोनेसिया र अन्य देशमा यी बाइक निकै नै लोकप्रिय छन् ।
एनके १५० बाइक नेपाली बाटोलाई सुहाउँदो रहेको कम्पनीले जनाएको छ । रोड र अफरोड दुवैका लागि यो बाइक राम्रो सेल्स म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन् । यसको मूल्य ३ लाख ९५ हजार रुपैयाँ पर्छ । बाइकको फिचर र विशेषता अनुसार धेरै सस्तो मूल्यमा हाउजेका बाइक नेपाली बजारमा उपलब्ध रहेको उनले बताइन् ।
रेड, ब्ल्याक र ह्वाइट गरी ३ कलारमा बाइक उपलब्ध छन् । हाउजेको टिआर १५० बाइक तथा भिएस १२५ स्कुटर पनि नेपाली बजारमा उपलब्ध छन् । टिआर १५० को मूल्य २ लाख ९५ हजार रुपैयाँ पर्छ । इन्जिन वारेन्टी २ वर्ष छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ । पार्टस् सर्वसुलभ मूल्यमा उपलब्ध हुने कुरा कम्पनीले बताएको छ ।
डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ ।
हाउजेको एनके १५० बाइकमा नयाँ कम्पोजिट मेटरियल क्यारियरको रुपमा प्रयोग गरिएको छ । यसमा प्रयोग गरिएको एलसीडी डिस्प्लेमा विभिन्न जानकारी प्राप्त गर्न सकिन्छ । यसको इन्धन ट्यांकीको क्षमता साढे १२ लिटरको छ । बाइकमा भएको १४९.२ सीसीको इन्जिनले ८.८ किलोवाट पावर र ११.६ एनएम टर्क जेनेरेट गर्छ । यसमा फाइभ स्पिड गियरबक्स उपलब्ध छ ।
नगदमार्फत बाइक खरिद गर्न चाहने ग्राहकले १० हजार रुपैयाँ छुट पाउने र एक्सचेन्ज गर्न चाहनेका लागि सो सुविधा समेत उपलब्ध छ । त्यसैगरी फाइनान्समा समेत बाइक खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।
कमलपोखरीस्थित कृष्ण पाउरोटीको विपरित दिशामा पहिलेको सुजुकी सोरुममा हाउजेको सोरुम उपलब्ध छ । काठमाडौं उपत्यकाको टेकु र नयाँ बजारमा हाउजेको सोरुम छ । उपत्यका वाहिर चितवन, हेटौडा र संखुवासभामा यसको सोरुम छन् ।
Comments are closed.