पोखरा । पोखरामा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड स्थापनाको २५औं वर्ष प्रवेश गरेको छ । २०५३ साल चैत ३ गते स्थापना भएको फाइनान्सले मंगलबार २४औं वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा फाइनान्सले सम्पूर्ण ग्राहक, शुभेच्छुक, शुभचिन्तकहरुमा आभार व्यक्त गरेको छ । ग्राहकहरुबाट प्राप्त मायाले नै फाइनान्सले सफलता प्राप्त गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ बताउँछन् ।
राष्ट्रियस्तरको पोखरा फाइनान्सको चुक्ता पुँजी ९६ करोड ३१ रुपैयाँ छ । निक्षेप संकलन ८ अर्ब ९२ करोड रुपैयाँ र कर्जा लगानी ७ अर्ब रुपैयाँ छ । फाइनान्सको शाखा सञ्जाल प्रधान कार्यालयसहित २३ वटा छन् । एउटा एक्स्टेन्सन काउन्टर र ४ वटा एटिएम सेवा सञ्चालनमा छन् ।
फाइनान्सले ३५ हजार भन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको गुरुङले जानकारी दिए । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
Comments are closed.