पेशागत विमा अभिकर्ता संघ एल आई सीको अध्यक्षमा पाण्डे

पोखरा । पेशागत विमा अभिकर्ता संघ विमक समिति एल आई सी नेपालको पाचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि कल्याण विक्रम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नेपाल अधिराज्य भरका एल आई सी नेपाल अन्तर्गतका अभिकर्ताहरुको नारायणगढमा भएको भेलाले आगामी दुई वर्षका लागि पाण्डेलाई सर्वसम्वत रुपमा अध्यक्ष पदमा चयन गरेको हो ।

अभिकर्ताहरुको पेशागत हक हितका सवालमा आवाज उठाउने जिवन बीमा पेशालाई मर्यादित र उपभोक्तामुखी बनाउने उदेश्यले गठित समितिको वरिष्ठ उपाध्यक्षमाा नर बहादुर थापा, उपाध्यक्षमा रुक वहादुर गुरुङ, सचिवमा ऋषिकेश पोखरेल, सह सचिवमा गोविन्द प्रसाद गिरी र कोषाध्यक्षमा सुदर्शन मुहवली रहेका छन् ।

यसैगरि सवै प्रदेश र क्षेत्रलाई समेट्ने गरि गठन भएको समितिको सदस्यहरुमा राममाया घिमिरे, रामचन्द्र ढकाल, कुमार ब्रजाचार्य, औबहादुर गुरुङ, लक्ष्मण गिरी, उमाकन्त चौधरी, रामप्रसाद आचार्य, रेखादेवि पोखरेल, अमन श्रेष्ठ र श्याम भट्टराई रहेका छन् ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै एल आई सी नेपालका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले जिवन विमाको क्षेत्रलाई तल्लो तहसम्म पु¥याउदै आम जनतालाई जिवन बिमाको दायरामा ल्याउने पर्नेमा जोड दिएका थिए भने साहायक कार्यकारी अधिकृत टि वडुवालले जिबन बिमा मानव जिवनलाई लागि अनिवार्य सर्त भएको विश्वब्यापी सिद्धान्तका बारेमा जानकारी गराएका थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.