काठमाडौं । सुजुकी टु ह्विलर्सका लागि नेपालको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सले नयाँ वर्ष २०७८ लाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘नयाँ वर्ष, बिग हर्ष’ अफर सार्वजनिक गरेको हो ।
यो अफर अन्तर्गत सुजुकीका ग्राहकले १० हजार रुपैयाँ नगद छुट प्राप्त गर्नेछन् । फाइनान्स सुविधा, एक्स्चेन्ज सुविधा, फ्रि टेष्ट ड्राइभ र ५ वर्षको वारेन्टी सुविधा पनि ग्राहकले प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
सुजुकी टु ह्विलर्सका लागि देशभरका सबै शोरुममा यो अफर लागु हुने कम्पनीले जनाएको छ ।
Comments are closed.