क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रा. लि.को आयोजनामा “बलियो नेपाल कप” हुने

काठमाडौं । क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रा. लि.को आयोजना र बलियो नेपालको पोषण अभियानको सहयोगमा सञ्चालन हुन गइरहेको त्र्रिmकेट प्रतियोगिता “बलियो नेपाल कप”को आयोजना हुने भएको छ ।

बलियो नेपाल पोषण अभियान, नेपालमा सुरक्षित र पौष्टिक उत्पादनहरूको उपलब्धता सर्वसुलभ बनाउन र स्वस्थ उत्पादनहरूको माग बृद्धि गर्ने उदेश्यका साथ स्थापित एक स्वतन्त्र गैर नाफामुलक संस्था रहेको बलियो नेपाल पोषण कार्यक्रमका प्रमुख कार्यकारी अधिकृत अतुल उपाध्यायाले बताए । नेपालमा बलियो नेपाल अभियानको शुरूवात तथा यसको विकास एवं विस्तार गर्नका लागि संयुक्त राज्य अमेरिकास्थित विल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनले चौधरी फाउण्डेसनलाई अनुदान सहायता प्रदान गरेको छ ।

यस अभियानको सुरुमा लुम्बिनी प्रदेशमा विभिन्न कार्यक्रमहरुका साथै क्रिकेटको विकासका क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रा. लि. सँगै कार्यक्रमहरु गर्दै बलियो नेपाल कप नामक प्रतियोगिता आयोजना हुनेछ । क्रिकेट खेलका लागि सम्भावना बोकेका प्रतिभाहरूको खोजी गर्नु र तिनीहरूलाई दक्ष खेलाडी बन्न अवसर सृजना गर्नु “बलियो नेपाल कप”को मुख्य उद्देश्य रहेको क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रा. लि.का प्रवन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए ।

यस प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशका १२ जिल्लाहरूबाट १६ बर्ष मुनिका खेलाडीहरू बिच अन्तरजिल्ला क्रिकेट प्रतिस्पर्धा गराइने जनाइएको छ ।
क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रा. लि.ले १२ वटै जिल्लास्थित क्रिकेट संघहरूमार्फत् खेलाडी छनौट कार्यक्रम सञ्चालन गर्नेछ । छनौट भएका खेलाडीहरूलाई क्रिकेट संघहरूको सिफारिसमा प्रतिस्पर्धामा समावेश गरिनेछ । यस प्रतियोगिताका उत्कृष्ट प्रतिभावान महिला तथा पुरुष खेलाडीहरुलाई आगामी दिनमा क्रिकेट सम्बन्धि विभिन्न कार्यक्रमहरुमा समावेश गरिनेछ ।

You might also like

Comments are closed.