एन.टि.एच.एम.सि मा, “टक सोे” र “सेफ कम्पिटिसन”, सेफ सन्तोस साह प्रमुख जज

पोखरा । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एन.टि.एच.एम.सि)मा “एन.टि.एच.एम.सि सेफ कम्पिटेसन–२०२१” कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि बिविसि मास्टर सेफ उपबिजेता सन्तोष साह, अतिथिहरु ग्लोवल नेपलीज सेफ फेडरेसनका अध्यक्ष सेफ लक्ष्मण प्रसाद भण्डारी, महासचिव सेफ मोहन गजुरेल, केन्द्रीय सदस्य सेफ विकास डंगोल र केन्द्रीय सदस्य सेफ पशुपति पौडेललाई यसै कलेजमा अध्ययनरत पञ्चकन्याले भव्य स्वागत गरेका थिए । कार्यक्रममा कलेजका प्रिन्सिपल प्रकाश रेग्मी, प्रोग्राम कोअडिनेटर जोक बहादुर थापा लगायतले फुल माला र खादा लगाईदिएर अतिथिहरुको स्वागत गरेका थिए । विद्यार्थीले विभिन्न भेगका भेष भूषा झल्किने गरि सांस्कृतिक नाच पनि प्रस्तुत गरेका थिए । ६ फिट लामो “वेल्कम सेफ सन्तोस साह” लेखिएको केक पनि काटिएको थियो ।

कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष अशोक पालिखेले नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेजले नेपालको मात्रै नभईकन विश्वकै चर्चित मास्टर सेफ सन्तोष साहलाई स्वागत गर्न पाउँदा अत्यन्तै खुसि भएको र उनको शुभ आर्शिवादले विद्यार्थीहरुलाई मार्गदर्शन मिल्ने बताए । उक्त कार्यक्रममा यसै कलेजका सेफ राजकुमार कार्कीले सेफ कम्पिटेशनमा भाग लिने विद्यार्थीलाई भाग लिँदा अपनाउनुपर्ने विभिन्न नियमहरुको बारे जानकारी गराएका थिए । कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले विद्यार्थीहरुलाई यो ठूलो अवसर मिलेको र बि.एचं.एम. दोश्रो, चौथो र छैटै सेमेस्टरका १८ जनाबाट पहिलो चरणमा छानिन सफल भएको र आजको यो कम्पिटिसनमा आफूमा भएको सीपको कुशल तवरले प्रस्तुति गर्न उत्प्रेरणा र शुभकामना दिए । साथै बेल बजाएर उक्त कम्पिटेशनको सुरुवात गर्दै मास्टर सेफ सन्तोष साहले कम्पिटिसनको सुरुवात गरे ।

जिज्ञासालाई समाधान गर्ने क्रममा “मास्टर सेफसँग टल्क सो” कार्याक्रम पनि संचालन गरियो । टक सो कार्यक्रम विद्यार्थीहरु सोनिका श्रीस र प्रतिक गुरुङले संचालन गरेका थिए । मोडरेसन गर्ने विद्यार्थीहरुले सेफ सन्तोस साहलाई विद्यार्थीबाट आएका प्रश्न सोधेका थिए । प्रश्नको उत्तर दिँदा सेफ सन्तोस साहले आफ्नो अनुभवका आधारमा बिभिन्न उदाहरणहरु प्रस्तुत गरेका थिए । उनले हस्पिटालिटी इन्डष्ट्रिमा धैर्यता, सहनशिलता र सफलको बाटोमा पुग्ने लक्ष्य निर्धारण गर्नुपर्नेे कुरा जोड दिए ।

सेफ कम्पिटेशनको निर्णायकमा सेफ सन्तोष साह, प्रिन्सिपल प्रकाश रेग्मी, सेफ लक्ष्मण भण्डारी र सेफ राज कुमार कार्कीले प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरु छनोट गरे । कम्पिटिसनमा कृतिका गौचन प्रथम, साजन गुरुङ दोश्रो र बिमला नेपाली तेस्रो भए । विजेता विद्यार्थीलाई प्रमाणपत्र र शिल वितरण सेफ सन्तोस साह र प्रिन्सिपल प्रकाश रेग्मीले गरेका थिए ।

You might also like

Comments are closed.