कुमुदिनी होम्सका विद्यार्थीलाई योग प्रशिक्षण

पोखरा । पोखरामा रहेको कुमिदिनी होम्सका विद्यार्थीलाई योगा सिकाइएको छ ।

विद्यार्थीलाई शैक्षिक ज्ञानको अलावा विभिन्न अतिरिक्त क्रियाकलापबाट मानसिक र शारीरिक ज्ञान दीदैं आइरहेको विद्यालयले योगा सिकाएको विद्यालयका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । यसबाट विद्यार्थीहरूमा अध्ययन प्रति थप रुचि र ज्ञान हासिल भएको उनले बताए ।

विभिन्न क्रियाकलापमा विद्यालयले अभिभावकको सहयोग र बिज्ञतालाईपनि उचित प्रयोग गर्दै आइरहेको छ । कक्षा ६ का बिध्यार्थी मानुषी भण्डारीका अभिभावक तथा योगगुरु रश्मि भण्डारीले कक्षा ८ का सम्पूर्ण विद्यार्थीलाई योग प्रशिक्षण दिएकी थिइन् । सो कार्यक्रममा विद्यार्थीको उत्साहजनक सहभागिता थियो ।

You might also like

Comments are closed.