ट्रेकिङ व्यवसायीलाई ‘इमार्केटिङ ट्रेनिङ’

पोखरा, २५ पुस । टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले आयोजना गरेको २ दिने ‘इमार्केटिङ ट्रेनिङ’ मंगलबार सकिएको छ । टानसँग आबद्ध ट्रेकिङ व्यवसायीहरुका लागि तालिम आयोजना गरिएको हो । तालिममा ५५ जना व्यवसायी सहभागी रहेको कार्यक्रम संयोजक तथा टान पश्चिमाञ्चलका तालिम विभाग संयोजक मीलन तिवारीले जानकारी दिए ।

तालिममा वेव इन्जिनियर सन्तोष राहुत क्षेत्रीले सहजीकरण गरेका थिए । व्यवसायहरुले कसरी व्यवसाय सञ्चालन गर्ने, गराउने, अनलाइन मार्केटिङ कसरी गर्ने, वेवसाइटलाई कसरी म्यानेज गर्ने लगायत विषयमा तालिम दिइएको तिवारीले जानकारी दिए । ‘व्यवसायीको क्षमता अभिबृद्धिका लागि तालिम निकै उपयोगी रह्यो,’ उनले भने, ‘समयको माग अनुसार व्यवसायीहरुले अनलाइन मार्केटिङको ज्ञान पनि सिक्न जरुरी छ ।’

कार्यक्रममा बोल्दै टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपक राज अधिकारीले टानले समय समयमा व्यवसायीहरुका लागि तालिम तथा सेमिनारहरु सञ्चालन गरिरहेको जानकारी दिए ।

You might also like

Comments are closed.