पोउवासंघको महाधिवेशन नजिकिँदै गर्दा पूर्व कोषाध्यक्षको चिठीः ध्रुवीकरणप्रति यस्तो छ चिन्ता

अध्यक्ष ज्यू, पूर्व अध्यक्ष ज्यूहरु, सम्पूर्ण उद्योगी, व्यवसायी ज्यूहरु
शुभ बिहानी, नमस्कार

पोखरा उद्योग वाणिज्य संघको स्थापना भएको ६४ वर्ष गाठको यो संघारमा ३२औं महाधिवेशन २०७५ असोज ५ र ६ गते हुने कुरा सदस्य महानुभावहरुलाई जानकारीका साथ पत्र प्राप्त भई सकेको होला ।

संघको स्थापना र यसको उद्देश्य किन र केका लागि हो भन्ने कुरा पनि सदस्य महानुभावहरूलाई अबगत नै होला । स्थापना कालदेखि आजसम्म हाम्रा अग्रजहरूको त्याग र एकताबाट संरक्षित निजी क्षेत्रको अग्रणी संस्थाको इतिहास हेर्दा हामी सम्पूर्ण उद्योगी, व्यवसायी गर्व गर्छौं र सबैको आस्थाको केन्द्र बिन्दु पोखरा उद्योग वाणिज्य संघलाई विश्वास गर्छौं । तर आज आएर एकतामा अनेकता, विश्वासमा अविश्वास चुलिदै गएको छ । जसका कारण सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक भएको छ । हामी उद्योगी, व्यवसायी साथै आम नागरिकले स्वतन्त्र रुपमा उद्योग धन्धा, कलकारखाना, व्यापार व्यवसाय गर्न पनि पाएका छैनौं । चोर, फटाहा जस्तो रुपमा सरकारले हेर्ने गरेको अवस्था छ । अब सरकारले निजी क्षेत्रलाई सम्मानजनक रूपमा हेर्नका लागि पनि व्यावसायिक एकता जरुरी छ । त्यो व्यावसायिक एकता भनेकै हाम्रो संघ भित्रको सांगठनिक एकता हो । जुन सांगठनिक र व्यावसायिक एकता आज आएर राजनैतिक ध्रुवीकरणतर्फÞ उन्मुख देखिन्छ । यसको अन्त हुन आवश्यक छ ।

जबसम्म संस्था र यसका सदस्यहरुलाई सर्वोपरी हित हुने र सर्व जनको कल्याण हुने आँखा, मन र मस्तिष्कले हेर्दैन, मनन् गर्दैन र संचालन गर्दैन संस्था संस्था रहदैन । त्यसैले अबको हाम्रो उद्देश्य भनेको यसका संघ र सदस्य हुन भनेर संघमा प्रवेश गर्न आवश्यक छ । म यस संघको पूर्व कोषाध्यक्ष भएको हैसियतले सम्पूर्ण संघका सदस्य महानुभावहरूमा मेरो विनम्रतापूर्वक आग्रह संघ संगठनमा राजनैतिक ध्रुवीकरणको अन्त गरी पोखरा उद्योग वाणिज्य संघको स्थापना र यसको उद्देश्य साथै अग्रहरुको सपना र कल्पनालाई साकार पार्न सम्पूर्ण उद्योगी व्यावसायिक सदस्य मित्रहरुमा हार्दिक विनम्रता पूर्वक अपिल गर्दछु । धन्यवाद ।

जय पोखरा उद्योग वाणिज्य संघ
जय पोखरा
जय उद्योगी व्यवसायी सदस्य ज्युहरु

दिलीप राज श्रेष्ठ
पूर्व कोषाध्यक्ष
पोखरा उद्योग वाणिज्य संघ
पोखरा

You might also like
Ram Tulasi Palpa

Comments are closed.