शिवम् सिमेन्टद्वारा अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । नेपालकै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट लिमिटेडले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताललाई १९० थान अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको दोस्रो भेरियन्टको व्यापक रुपमा प्रभाव परिरहेको यस विषम् परिस्थितीमा देशका विभिन्न अस्पतालहरुमा अक्सिजन, बेड तथा विभिन्न स्वास्थ्य सामाग्री अभाव भईरहको परिस्थिलिलाई मध्य नजरगर्दै कम्पनीले उद्योग स्थल स्थित हेटौंडा उपमहानगरपालिको हटियामा अवस्थित वागमती प्रदेशको श्री मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । अस्पताललाई १२० थान भरिएका तथा ७० थान खाली अक्सिजनका सिलिण्डर गरी जम्मा १९० थान अक्सिजन सहित ३० थान मेडिकल बेड, ५ थान CCU Bed  तथा ५ थान उक्त बेडहरुमा जडान गरिने मेडिकल मोनिटरहरु शिवम् सिमेन्ट्सद्वारा उक्त अस्पताललाई हस्तान्तरण गरेको हो । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको बताएको छ ।

“’ अक्सिजन सहितका सिलिण्डर, मेडिकल बेड,CCU Bed, Monitor Equipment  समेतको यी स्वास्थ्य सामाग्री कारण यस क्षेत्रका कोरानाका कारण स्वास्थ्य उपचारबाट बन्चित तथा कोरोनाबाट प्रभावित सर्वसाधारण नागरिकहरुलाई स्वास्थ्य उपचार गर्न पाउने सहज अवस्था सिर्जना भई सहयोग प’ग्ने छ भन्ने आशा एवं विश्वास कम्पनीले लिएको छ” कम्पनी प्रतिनिधी बताउछन । यस अगाडी पनि शिवम् सिमेन्ट्सले यस किसिमका महामारी, दैविप्रकोप, राहत सामाग्रीहरु, स्वास्थ्य सामाग्री, एम्बुलेन्स हस्तान्तरण सहित विभिन्न कार्यहरुमा आफ्नो सामाजिक संस्थागत दायित्व निर्वाह गर्दै आईरहेको छ ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपिसी सिमेन्ट बन्न सफल भएको हो ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा ISI, URS प्रमाणित dfl0ft ISO Certificate प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

You might also like

Comments are closed.