आइतबार सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

 

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य ३ सय रुपैयाँ बढेको हो ।

शुक्रबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य आइतबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य पनि ३ सय रुपैयाँ बढेर प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ३ सय ४५ रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.