काठमाडौं । नेपाली युवा उद्यमी मञ्चको केन्द्रीय अध्यक्षमा उदीप श्रेष्ठ निर्वाचित भएका छन् । भर्चुअल माध्यमबाट शुक्रबार सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
मञ्चको निबर्तमान अध्यक्षमा प्रकाशदेव पालिखे, फस्ट भाइस प्रेसिडेन्टमा रितेश लामिछाने, सेकेण्ड भाइस प्रेसिडेन्टमा सहारा जोशी, भाइस प्रेसिडेन्ट (च्याप्टर)मा सुमोदमान सैजू, भाइस प्रेसिडेन्ट (महिला) नितिभा प्रधान निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा कुशल सुन्दर श्रेष्ठ, पवित्रबहादुर गौतम, रीचा श्रेष्ठ, सुदीप घिमिरे र कृष्ण सापकोटा छन् ।







Comments are closed.